अर्थतन्त्र

सुनको मूल्य फेरी घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । सुनको मूल्य ओरालो लागेको छ । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको हो ।  बुधबारको तुलनामा बिहीबार १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला ९४ हजार १००, तेजावी ९३ हजार ६०० रुपैयाँ र चाँदी तोलामा १ हजार ३०० रुपैयाँ तोकिएको छ । चाँदी ५ रुपैयाँले घटेको हो ।

महासंघका अनुसार पुस ९ गते बिहीबार र पुस १४ गते मंगलबार पनि आजकै भाउमा सुनचाँदीको कारोबार भएको थियो ।

बुधबार छापावाला सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँ ,  तेजावी ९३ हजार ७०० रुपैयाँ र चाँदी १ हजार ३०५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत