नयाँ चालक अनुमतिपत्रका लागि सातै प्रदेशमा खुल्यो अनलाइन फारम
- गाउँ सहर डेस्क
- १६ पौष बिहीबार, २०७७ | १२:२७:०० मा प्रकाशित
काठमाडौँ । कोरोना महामारीका कारण नौ महिना बन्द रहेको नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा खुलाउन तयारी शुरु गरिएको छ । नेपालमा गत चैतमा कोभिड–१९ को सङ्क्रमण देखिन थालेसँगै सरकारले नयाँ अनुमतिपत्रका लागि परीक्षा स्थगित गरेको थियो ।
यातायात व्यवस्था कार्यालयसँगको समन्वयमा यातायात व्यवस्था विभागले नयाँ अनुमतिपत्रका लागि आवेदन लिन थालिएको विभागले जनाएको छ । नयाँ अनुमतिपत्रका लागि ‘सफ्टवेयर’ र छपाइको काम विभागले गर्दै आएको छ भने प्रदेश सरकार अन्तर्गतका कार्यालयले परीक्षा सञ्चालन र अनुमतिपत्र वितरण गर्छन् । अहिले प्रदेश सरकारले अनुमतिपत्रका लागि परीक्षा लिन चाहेकाले आवेदन खुलाइएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताएका छन् । उनका अनुसार सात वटै प्रदेशले नयाँ अनुमतिपत्र खुलाउने भएका छन् । उनले भने, “सेवाग्राहीले आफ्नो अनुकूल मिलाएर अनलाइनमार्फत फारम भरेर परीक्षामा समावेस हुन सक्नेछन् ।”
एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयका प्रमुख सम्बरबहादुर कार्कीले मङ्गलबारदेखि फारम लिन थालिएको भए पनि केही दिनपछि मात्रै परीक्षा लिइने बताए । कोभिड–१९ को जोखिम कायम रहेकाले भीडभाड कम हुने गरी लिखित र प्रयोगात्मक परीक्षा लिइने उनको भनाइ छ । उनले भने, “एक दिनमा निश्चित सङ्ख्यामा मात्रै सेवाग्राही आउने गरी व्यवस्था मिलाइनेछ ।”
लामो समयसम्म अवरुद्ध सेवा एकै पटक खुलाउँदा भीड हुने भएकाले निश्चित सङ्ख्यामा मात्रै सेवाग्राही आउने गरी व्यवस्था मिलाउन लागिएको कार्कीले बताएका छन् ।
गाउँ सहर डेस्क
डेस्क गाउँ सहर डटकम टीमकाे टेवलवर्क हाे ।
- यसकारण पक्राउ परे दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल
- सरस्वतीलाई पानीमा र कमलको फूलमाथि नै किन देखाइन्छ ?
- नेपालमा २०.२७ प्रतिशत जनता गरिबीको रेखामुनि
- प्रतिपक्षी दलले बहिष्कार गरेकाे चुनावमा शेख हसिना विजयी, चौथो पटक प्रधानमन्त्री बन्ने
- विदेशिने विद्यार्थी तथा युवालाई यसरी सकिन्छ राेक्न
- आज विश्व माटो दिवस : यसकारण जोगाऔं माटो
- जाडाेमा एमालेले मध्य पहाडी लोकमार्गमा थालेकाे पदयात्राकाे सन्देश
- काठमाडाैं उपत्यकामा ‘निषेधाज्ञै निषेधाज्ञा’
- विश्वकप उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै, बिजेता र उपबिजेताले कति रुपैयाँ पाउँछन् ?
- बहुउपयोगी गाई पुज्नुकाे महिमा, वैज्ञानिक, धार्मिक र व्यवहारिक महत्वका विविध पक्ष
प्रतिकृया दिनुहोस