स्वास्थ्य

अमेरिकामा मात्रै काेराेना संक्रमितकाे संख्या २ कराेड नाघ्याे, विश्वभर ५ कराेड ८८ लाख जना निकाे

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल २ कराेड २३ लाख ८६ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ५ करोड ८८ लाख ६२ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ८ करोड ३० लाख ६० हजार नाघेको छ भने मृतकको संख्या १८ लाख १२ हजार ५० जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये १ लाख ६ हजार ६१६ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा २ कराेड २ लाख १६ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ३ लाख ५० हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने २९ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म १ कराेड १९ लाख ९८ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ७८ लाख ६७ हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म १ कराेड २ लाख ६७ हजार २८३ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ४८ हजार ७७४ जनाको ज्यान गइसकेको छ । जसमध्ये ९८ लाख ५९ हजार ७६२ जना निको भएका छन् । सक्रिय केस २ लाख ५८ हजार ७४७ मात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा ७६ लाख १९ हजार जना संक्रमितमध्ये ६७ लाख ७ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने १ लाख ९३ हजारभन्दा बढी छन् । हाल ७ लाख १८ हजार जनामा काेराेना भाइरस सक्रिय छ ।

नेपालमा भाइरस संक्रमित २ लाख ६० हजार ५९ जना पुगेका छन् भने २ लाख ५१ हजार ९१२ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या १ हजार ८४७ पुगेको छ भने ६ हजार ३०० जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत