समाज

चेक बाउन्स केशका फरार व्यक्ति पक्राउ

काठमाडौँ । बैंकिङ कसूर मुद्दाका फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका ९ स्थित जय बाबा गोरख कन्स्ट्रक्सन प्रालिका संचालक नागार्जुन नगरपालिका ४ घर भएका ५२ वर्षीय श्याम कुमार श्रेष्ठ रहेका छन् । उनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

श्रेष्ठले नागार्जुन नगरपालिकास्थित सितापाइला सडक खण्डमा  कार्य सम्पन्न गरे बापतको रकम दिनु पर्नेमा ग्लोबल आईएमई  बैंक कान्तिपथ  शाखाको १ करोड ३६ लाख १० हजार २ सय ८८ रुपैयाँ बराबरको चेक दिई बैंकिङ कसुर गरी फरार रहेको प्रहरीले जनाएको छ ।

उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं सितापाइलाबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत