गाउँ सहर

सन् २०२१ लाई उपचारात्मक वर्ष बनाउन राष्ट्रसंघको आह्वान

काठमाडौँ । संयुक्त राष्ट्रसंघले  कोरोनाभाइरसका कारण सङ्कटग्रस्त मुलुकहरुलाई नयाँ वर्ष सन् २०२१ लाई उपचारात्मक वर्ष बनाउन आह्वान गरेको छ ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले विश्वका सबै समुदायलाई उपचारात्मक वर्षको रुपमा सन् २०२१ लाई मनाउन भिडियो सन्देश मार्फत् आह्वान गरेका हुन ।

नयाँ बर्षको अवसरमा शुभकामना सन्देश सहितको भिडियो सन्देशमा उनले महामारीका विरुद्धमा सँगसगै लड्नु पर्नेमा जोड दिए।

उनले भिडियोमा भनेका छन्— आउनुहोस्, शान्ति स्थापनाका लागि सँगसगै काम गरौँ, सहकार्य गरौँ र अबरोध तथा समस्याहरुको सामना पनि गरौँ । 

सन् २०२० भरी कोरोनाभाइरसको महामारी चलेकाले सन् २०२१ मा यो महामारीबाट मुक्त भइसक्ने गरी काम गर्नुपर्नेमा उनले विशेष जोड दिएका छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत