अर्थतन्त्र

सुनको मूल्यमा सामान्य वृद्धिे, तोलाको कति ?

काठमाडौँ । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

मंगलबारको तुलनामा बुधबार सुन प्रतितोला १०० रुपैयाँ र चाँदी पाँच रुपैयाँले बढेको हो ।

बुधबार छापावाला सुन तोलामा ९४ हजार २०० रुपैयाँ , तेजावी सुन ९३ हजार ७०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार ३०५ रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँ, तेजावी ९३ हजार ६ सय रुपैयाँ र चाँदी तोलामा १ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

गाउँ सहर डेस्क

तपाईँको मत