स्वास्थ्य

विश्वभर काेराेना संक्रमितमध्ये १ लाख ५ हजार जनाकाे स्वास्थ्य अबस्था चिन्ताजनक

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल २ कराेड २१ लाख ९४ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ५ करोड ८३ लाख ३१ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ८ करोड २३ लाख २२ हजार नाघेको छ भने मृतकको संख्या १७ लाख ९६ हजार २९२ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये १ लाख ५ हजार ९३९ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा १ कराेड ९९ लाख ७७ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ३ लाख ४६ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने २९ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म १ कराेड १८ लाख ४४ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ७७ लाख ८६ हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म १ कराेड २ लाख ४५ हजार ३२६ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ४८ हजार ४७५ जनाको ज्यान गइसकेको छ । जसमध्ये ९८ लाख ३३ हजार ३३९ जना निको भएका छन् । सक्रिय केस २ लाख ६३ हजार ५१२ मात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा ७५ लाख ६४ हजार जना संक्रमितमध्ये ६६ लाख ४७ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने १ लाख ९२ हजारभन्दा बढी छन् । हाल ७ लाख २३ हजार जनामा काेराेना भाइरस सक्रिय छ ।

नेपालमा भाइरस संक्रमित २ लाख ५९ हजार ५४८ जना पुगेका छन् भने २ लाख ५१ हजार ३१२ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या १ हजार ८४० पुगेको छ भने ६ हजार ३९६ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत