प्रविधि

ग्लोबल आइएमई बैंकको एटिएम सेवा लिवाङ्ग आर्मी व्यारेक परिसरमा 

लिवाङ्ग । ग्लोबल आइएमई बैंकले लिवाङ्ग जिल्लामा रहेको आर्मी व्यारेक परिसरमा एटिएम सेवा सुरु गरेको छ । 

एटिएम सेवा थपभएसंगै ग्लोबल आइएमई बैंकको एटिएम संख्या २४० पुगेको बैंकले जनाएको छ । 

उक्त एटिएम सेवा खड्ग दलगन, लिबाङ रोल्पाका प्रमुख सेनानी सुधिर के.सी.लेउद्घाटन गरेका हुन् ।

बैंकले जिल्लाको सातदोबाटो, खुमेल, बम्रुक लगायतका ग्राहकहरुलाई लक्षित गरी उक्त एटिएम सेवा सञ्चालनमा ल्याएको हो ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकले ७३ वटा जिल्लामा फैलिएको २६४ शाखा सञ्जाल सहित २४० एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २४३ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना २१ लाखभन्दा बढि ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आएको छ । 

 

 

गाउँ सहर डेस्क

तपाईँको मत