समाज

ठमेलको होटलबाट यसकारण समातीय व्यापारी

काठमाडौँ । ठमेलको होटलबाट प्रहरीले एक जना व्यापारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मारवाडी व्यवसायी विवेक अग्रवाल रहेका छन् । उनलाई महानगरीय प्रहरी वृत्त लैनचौरको हिरासतमा राखिएको छ । एक युवतीलाई बलात्कार गरेको आरोप उनीमाथि छ । घटना यसरी घट्छ । 

मंसिरको २७ गते उनलाई एक युवतीको फोन आउँछ । युवतीकै प्रस्तावअनुसार उनी ठमेलको एक होटलमा जान्छन् । युवतीसँग सम्बन्ध राख्छन् । खल्तीमा भएको करिब १५ हजार युवतीलाई दिएर निस्कन खोज्छन् । तर, युवतीले ५० हजार माग गर्छिन् । उनी आफूसँग त्यति धेरै पैसा नभएको बताउँछन् । त्यसपछि दुईजना बीचमा झगडा हुन्छ ।

त्यही समयमा युवतीले प्रहरीको हटलाइनमा फोन गरेर आफुमाथि बलात्कार भएको बताउँछिन् । प्रहरी तत्कालै होटलमा पुगेर अग्रवाललाई नियन्त्रणमा लिन्छ । पक्राउ परेपछि उनले जे हो वास्तविकता त्यही बताउँछन् । तर, कानूनअनुसार उनले उन्मुक्ति पाउने अवस्था हुँदैन । सहमतिमै सम्बन्ध राखेपनि महिलाले उजुरी दिएमा त्यो बलात्कार नै सावित हुने कानुनी व्यवस्था रहेको छ । घटनामा संलग्न युवती १७ वर्ष उमेरकी छिन् । १८ वर्षभन्दा कम उमेरकासँग सम्बन्ध सहमतिमै राखेपनि त्यो बलात्कार हुने कानूनी प्रावधान रहेको छ । प्रहरीको बयानमा उनले सम्बन्ध राखेको स्वीकार गरेका छन् ।

नियमित रुपमा ‘कलगर्ल’ हरुसँग जाने भएकाले उनको बानी थाहा भएर एक समूहले फसाउने योजना अनुसार नै उनलाई फोन गरेर बोलाएको थियो । युवतीलाई नचिने पनि उनी फोनकै भरमा होटल पुगेका थिए । जसको महंगो मूल्य अहिले उनले चुकाउनुपरेको छ ।

एक प्रहरी अधिकारीका अनुसार, यस्ता घटना अबका दिनमा झनै बढ्न सक्नेछन् । गत साता एक युवतीले रत्नपार्कबाट लिफ्ट मागी एक पूर्व सैनिकलाई चोभारमा लगेर लुटेको घटनासमेत सार्वजनिक भएको थियो । 

गाउँ सहर डेस्क

तपाईँको मत