कला

मन्द बुद्धि बालक

एउटा सानो बालक जो मनको सफा छ 

स्वच्छ विचारमा पनि लाग्दैन उसमा केहि कमि छ 

उ हरेक कुरामा ज्ञानले पूर्ण हुन चाहन्छ 

तसर्थ उ पुरा ध्यान लाएर सोचिरहन्छ 

तर सायद त्यसैले गर्दा समाजले उसलाई मन्द बुद्धि बालक भनेर बोलाउँछ 

उ अरुभन्दा अलग हुन चाहन्छ उसको सोच नि अलग हुन्छ 

उ विश्वसामु केहि नयाँ ल्याउन चाहन्छ 

त्यही काममा अघि बढ्न खोज्दा नै उ मन्द बुद्धि बालक बन्दछ

नभए हेरौँ न धेरै महान् बैज्ञानिक, साहित्यकार, चाए जो होस् 

उसको बाल्यकाल समाजले मन्द बुद्धि बालक भनेर नै बितेको छ ।। 

 

उ उदार विचारका साथ ज्ञान आर्जन गर्न चाहन्छ

उ कुनै शिक्षकले दिएको नोटका आधारमा मात्र 

आफ्नो विचारलाई बन्दी बनाउन चाहँदैन 

तसर्थ उ प्रकृतिमा रमाएर त्यहिमै अध्यन गर्न चाहन्छ 

उ बारम्बार प्रकृतिसँगै खेल्दछ

तर उसमा ज्ञान छैन त्यसैले उ पढ्नु पर्छ भन्ने जान्दैन भनी 

उसलाई समाजले बारम्बार मन्द बुद्धि बालक भनेर बोलाउँछ ।।

 

उ हरेक कुरालाई नयाँ सोचले परिमार्जन गर्न चाहन्छ 

तर गर्दागर्दै कुनै बिगार भईहाल्छ 

त्यसमा पनि उसले नराम्रो गाली खान्छ 

अनि फेरि समाजले कस्तो मन्द बुद्धि बालक रहेछ भन्छ 

उसको कुरा भुझ्ने त्यहाँ कोहि हुँदैन 

अझ खिल्ली उडाउन हरेक व्यक्ति तम्तयार बसेको हुन्छ  

उसलाई नराम्रो लाग्छ 

अनि मनमनै म पनि केहि गरेर देखाउनेछु भन्छ

मनमा त्यही विश्वास राखेर अगि बढन् खोज्छ 

तर फेरि समाजले उसलाई मन्द बुद्धि बालक भनेर बोलाउँछ ।।

 

उ प्रति लगातार उल्ल्याहट भईरहँदा पनि

उसलाई मन्द बुद्धि बालक भनेर बारम्बार हतोत्साहित गरिरहँदा पनि 

उ प्रति हरेकले अल्प व्यवहार गरी 

बुद्धि नभएको भनी जहा त्यहाँ कहलाईरहँदा पनि 

उ आफ्नो लक्षप्रति अडिग रहेर अगि बढिरहन्छ 

उ मात्र आफूमा विश्वास राख्छ अनि अगि बडिरहन्छ 

अनि अवश्य पनि एकदिन विश्वसामु नयाँ लिएर आउँछ 

उसको नाउँ सारा जगतमा कहलाउँछ 

अनि उसलाई नै त्यही समाजले देवता सरह पूजित गर्छ 

साराका साराले उसको जिवनी, मन्द बुद्धि बोलाउँदाको कहानी पढ्छ

तर किन फेरि उ जस्तै नयाँ पुस्तामा पनि

प्रोत्सहान, महानताको सम्मान हैन यहि सबै नै दोहोरिन्छ ।।

रतुवामाई माेरङ्ग कक्षा - १२ 

गाउँ सहर डेस्क

तपाईँको मत