स्वास्थ्य

विश्वभर ५ कराेड ७७ लाख निकाे भएपनि २ कराेड २० लाख जनामा अझै काेराेना भाइरस सक्रिय

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल २ कराेड २० लाख ९२ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ५ करोड ७७ लाख ९५ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ८ करोड १६ लाख ६९ हजार नाघेको छ भने मृतकको संख्या १७ लाख ८१ हजार ४४२ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये १ लाख ५ हजार ७९० जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा १ कराेड ९७ लाख ८१ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ३ लाख ४३ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने २८ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म १ कराेड १६ लाख ९६ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ७७ लाख ४१ हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म १ कराेड २ लाख २४ हजार ७९४ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ४८ हजार १९० जनाको ज्यान गइसकेको छ । जसमध्ये ९८ लाख ६ हजार ७६७ जना निको भएका छन् । सक्रिय केस २ लाख ६९ हजार ८४० मात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा ७५ लाख ६ हजार जना संक्रमितमध्ये ६५ लाख ६८ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने १ लाख ९१ हजारभन्दा बढी छन् । हाल ७ लाख ४६ हजार जनामा काेराेना भाइरस सक्रिय छ ।

नेपालमा भाइरस संक्रमित २ लाख ५८ हजार ८४० जना पुगेका छन् भने २ लाख ५० हजार ५८१ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या १ हजार ८३२ पुगेको छ भने ६ हजार ४२७ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत