प्रेरणा

जीवनमा धेरै समस्या आए र कुनै समाधान नदेखे, धैर्यधारण गर्नुहोस्

काठमाडौँ । धैर्य यस्तो गुण हो जसको कारण अत्यन्तै खराब समय पनि हटाउन सकिन्छ । विपरित परिस्थितिमा शन्तिसँग काम गर्नु पर्दछ । कुनै पनि प्रकारको हतारो गर्नबाट बच्नुहोस् । नत्र हालत झन बिग्रन सक्छ ।

यसै प्रसंगमा यो कथा मनन गरौँ ।

गौतम बुद्ध (सिद्धार्थ गाैतम) एक दिन आफ्ना शिष्य आनन्दसँग जंगलको बाटो हिँडिरहेका थिए । बाटोमा उनलाई प्यास लाग्यो र आनन्दसँग भने- नजिकै झरना बगिरहेको देखिरहेको छु, त्यहाँ गएर पिउनको लागि पानी लिएर आऊ ।

केहि समय पछि आनन्द झरनाको नजिक पुगे । त्यहाँ पुगेपछि गाडा हिँडेर फोहोर पानी देखे र फर्किए । र बुद्धसँग भने- त्यहाँको पानी धेरै फोहोर छ, पिउन योग्य छैन ।

बुद्धले भने- तिमी एक काम गर, केहि समय पानीको नजिक बस । अनि हेर ।

बुद्धको कुरा सुनेर आनन्द तलाउको नजिक फेरि पुगे र किनारमा बसे । केहि समयपछि पानीको हलचल शान्त भयो र विस्तारै-विस्तारै माटो तल बस्यो र पानी सफा भयो ।

आनन्द सफा पानी लिएर फर्किए ।

बुद्धले भने- जीवनमा कयौँ पटक यस्तो परिस्थिति आउँछ, र हामीलाई कुनै समाधान देखिँदैन । हामी सोच्न थाल्छौँ कि अब के हुन्छ ? जसरी हलचल पानी फोहोर हुन्छ र केहि समयपछि फोहोर तल झर्छ र पानी सफा हुन्छ । बिपरित अवस्थामा हामीले धैर्य रहनुपर्छ । केहि समयपछि अवस्था सामान्य हुन थाल्दछ ।

गाउँ सहर डेस्क

Tej Bahadur Deuba Santosh लेख्नुहुन्छ १४ पौष, २०७७ ०८:४६ am

हार्दिक नमन

तपाईँको मत