अर्थतन्त्र

सुन तोलामा कतिले हुँदैछ काराेबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ७०० ले उकालो लागेको छ । शुक्रबार र आइतबार स्थिर रहेको सुनको मूल्यमा आज वृद्धि भएको हो । 

छापावाला सुन आइतबार प्रतितोला रु ९४ हजार २०० रहेकामा आज प्रतितोला रु ९४ हजार ९०० पुगेको छ ।  तेजाबी सुन आइतबार प्रतितोला रु ९३ हजार ७०० रहेकामा आज रु ७०० ले वृद्धि भई रु ९४ हजार ४०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

चाँदी प्रतितोला एक हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत