स्वास्थ्य

विश्वभर हाल २ कराेड २० लाख मानिसमा काेराेनाभाइरस सक्रिय, १ लाख ५ हजारकाे अबस्था गम्भीर

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल २ कराेड २० लाख ८० हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ५ करोड ७२ लाख ८३ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ८ करोड ११ लाख ३५ हजार नाघेको छ भने मृतकको संख्या १७ लाख ७१ हजार ४८४ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये १ लाख ५ हजार ३८५ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा १ कराेड ९५ लाख ७३ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ३ लाख ४१ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने २८ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म १ कराेड १४ लाख ९५ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ७७ लाख ३६ हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म १ कराेड २ लाख ८ हजार ७२५ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ४७ हजार ९४० जनाको ज्यान गइसकेको छ । जसमध्ये ९७ लाख ८१ हजार ९४५ जना निको भएका छन् । सक्रिय केस २ लाख ७८ हजार ८४० मात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा ७४ लाख ८४ हजार जना संक्रमितमध्ये ६५ लाख १५ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने १ लाख ९१ हजारभन्दा बढी छन् । हाल ७ लाख ७७ हजार जनामा काेराेना भाइरस सक्रिय छ ।

नेपालमा भाइरस संक्रमित २ लाख ५८ हजार १८१ जना पुगेका छन् भने २ लाख ४९ हजार ८६३ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या १ हजार ८२५ पुगेको छ भने ६ हजार ४९३ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत