समाज

१२ लाख रुपैयाँ सहित दुई जना प्रहरी नियन्त्रणमा

 रौतहट । श्रोत नखुलेको १२ लाख रुपैयाँ सहित दुई जनालाई प्रहरीले नियन्त्रणमाा लिएको छ । गौर नगरपालिका–४ बाट श्रोत नखुलेको १२ लाख नेपाली रुपैयाँ सहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

पक्राउ पर्नेमा भारत बिहार मोतिहारी थाना बरगैनिया गाउँ फुलबरिया बस्ने ४० वर्षीय ललन कुमार र सोही ठाउँ बस्ने २३ वर्षीय रोहित जैसवाल रहेको प्रहरले जनाएको छ । 
जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई जाँच गर्दा कुमार र जैसवालको साथबाट ६ र ६ लाख गरी उक्त रुपैयाँ सहित फेला पारी पक्राउ गरेको जानकारी दिएको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत