समाज

जबरजस्ती करणी गर्ने एक युवक पक्राउ

भोजपुर ।  जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामप्रसादराई गाउँपालिका–६ खोलाखर्क बस्ने २८ वर्षीय प्रकाश पाण्डे रहेका छन् । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पाण्डेलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पाण्डेले ती बालिकालाई पुस ४ गते ललाई फकाई जबरजस्ती करणी गरेकोे खबर प्राप्त हुनासाथ प्रहरी चौकी मानेभञ्ज्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत