अर्थतन्त्र

१६ हजारले पाए कोरोना बीमाको रकम

काठमाडौँ । कोरोना बीमा गर्ने करिब १६ हजार बीमितले भुक्तानी पाएका छन् । बीमा समितिले उपलब्ध गराएको पुस १० गते शुक्रबारसम्मको तथ्यांक अनुसार कोरोना बीमा गर्ने १५ हजार ८७९ बीमितले भुक्तानी रकम पाएका हुन् ।

अर्थ मन्त्रालयले कोरोना बीमाको दाबी भुक्तानीलाई तिव्रता दिन निर्देशन दिए पछि बीमा समितिले कोरोना बीमा दावी भुक्तानीको कामलाई तिव्र रुपमा अघि बढाउन थालेको हो ।

निर्जीवन बीमा कम्पनीहरुले हालसम्म १५ हजार ८७९ दावीवापत साढे एक अर्ब भन्दा बढी रकम भुक्तानी गरेका छन् । बीमा समितिले उपलब्ध गराएको तथ्याकं अनुसार निर्जीबन बीमा कम्पनीहरुले एक अर्ब ५४ करोड ९३ लाख २५ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गराएको छ ।

समितिले उपलब्ध गराएको सो तथ्यांकअनुसार २९ हजार २७० वटा दाबी परेकोमध्ये १५ हजार ८७९ वटा दाबी भुक्तानी भएको समितिले जनाएको छ ।

समितिका अनुसार दाबीका लागि चाहिने आवश्यक कागजात नपुगेका २ हजार ५३ वटा दाबीका केश सम्बन्धीत बीमा कम्पनीमा नै फिर्ता पठाईएको छ । २ हजार ५१३ वटा फाइल स्वीकृतिका लागि प्रकृयामा रहेका छन् ।

यसैगरी, कोरोना दाबीका लागि परेको आवेदनमध्ये ३ हजार ५५५ वटा फाइल इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट स्वीकृत हुन बाँकी रहेको छ । त्यस्तै, ८७२ वटा फाइल थप अध्ययनका लागि पठाइने तयारीमा रहेको समितिले जनाएको छ ।

समितिका अनुसार ७९ वटा दाबी पन्ध्र दिनभित्र दोहोरो आवेदनका कारण नो क्लेममा राखिएको छ भने ४ हजार ३१९ वटा फाइल अध्ययनको प्रकृयामा रहेका बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत