गाउँ सहर

इलाका प्रशासन प्रमुख नियन्त्रणमा

झापा। नागरिकता वितरण प्रकरणमा त्रुटि देखिएपछि इलाका प्रशासन कार्यालय गौरीगञ्जका प्रमुख धनञ्जयकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।उनलाई जिल्ला प्रशासन कार्यालय झापाको अनुरोधमा शनिबार साँझ जिल्ला प्रहरी कार्यालयमा बोलाएर नियन्त्रणमा लिइएको जनाएको छ ।

“हामीले जिप्रकाको आदेशलाई मानेका हौँ ”, प्रहरी प्रवक्ता राकेश थापाले भने, “खै नागरिकता वितरण प्रक्रियामा केही त्रुटि भयो भन्ने कुरा आएको छ । उनीहरुको आन्तरिक मामिला हो, छानबिन भइरहेको छ, तथ्यसहित सबै कुरा प्रमाणित भएपछि जानकारी गराउँछौँ ।”

उनीसँगै कार्यालय सहयोगी आशीर आलमलाई पनि प्रहरीले नियन्त्रणमा लिएको बताएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत