समाज

ट्रकले पैदलयात्रीलाई ठक्कर दिँदा दुई जनाको मृत्यु

तम्घास । गुल्मीमा ट्रकले पैदलयात्रीलाई ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । राती करिब २ बजे बुटवलबाट खाद्यन्न लिएर तम्घास आइरहेको ना ५ ख ३२०४ नम्बरको ट्रकले उनीहरुलाई ठक्कर दिएको थियो । मृत्यु हुनेहरुमा रेसुंगा नरपालिका १३ का २६ बर्षका टोपबहादुर रजाली र २३ बर्षका बालकृष्ण भुजेललाई ठक्कर दिदा उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिएका छन् ।

उनीहरुको शबलाई पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा ल्याइएको छ ।  ट्रक चालक गुल्मी दरवबार गाउँपालिका ६ चारपालाका २९ बर्षका गोापल टण्डनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत