प्रविधि

२०२१ मा सार्वजनिक हुने नयाँ मोबाइल कस्ता छन् ?

काठमाडौँ ।  २०२१ आउन अब केही दिन मात्रै बाँकी  छ । नयाँ वर्षको आगमनसँगै विश्वका विभिन्न मोबाइल कम्पनीले बजारमा नयाँ नयाँ मोडलको मोबाइल प्रस्तुत गर्ने भएको छ । साथै, विगतको दिनमा सार्वजनिक हुन नसकेको पनि २०२१ को सुरुवातीमै धेरै मोबाइल सार्वजनिक हुने भएका छन् । जसमा २०२१ मा यी मोबाइलहरू सार्वजनिक हुने भएको छ ।

सामसुङ ग्यालेक्सी एस २१ सिरिज

सामसुङ ग्यालेक्सीले २०२१ मा तीन वटा मोडलका एस २१ मोबाइल सार्वजनिक गर्ने भएको छ । जसमा एस २१ (अथवा एस ३०), एस२१ प्लस र एस२१ अल्ट्रा २०२१ को जनवरी र फेब्रअरीमा सार्वजनिक हुने भएको हो । जसमा कम्पनीले नेक्स्ट–जेन क्लाकम स्न्यापड्रागन ८७५ चिपसेटले अमेरिकी संस्करणमा आउने जनाएको छ । यद्यपी सामसुङ एक्सीनोस १००० (एक्सीनो २१००) चिपसेट फोनको लागि अन्तर्राष्ट्रिय संस्करणको सुझाव दिएको छ ।

उक्त एस२१ (एस३०) प्लस करिब ६.२ इन्च डिस्प्ले र एस २१ प्लस को ६.७ इन्चको हुने भएको छ । तर, टप–इन्ड एस २१ (एस३०) अल्ट्राको ६.९ इन्चको हुने कम्पनीले जनाएको छ । जसमा ठूलो ब्याट्री, क्यामेर र एस पेन सहायताका साथै अल्ट्रा भेरियसनका साथ विश्वभर आउने जनाएको छ ।

हुवावे पी ५० सिरिज

त्यस्तै बजारमा सार्वधिक बिक्री हुने हुवावेले आगामी वर्षमा हुवाई पी ५० सिरिज सार्वजनिक गर्ने भएको छ । हुवाई कम्पनीका अनुसार हुवाई पी ५० सिरिज २०२१ को शुरुवातीमै आउन सक्ने अनुमान गरिएको छ । हालसम्म उपकरणको बारेमा थाहा नभएता पनि विभिन्न अफवाहले ५ एनएम किरिन ९००० चिपसेट भित्र राखिएको जनाएको छ । जुन हुवावेको घरको अन्तिम किरिन चिपसेट हुनसक्ने अनुमान गरेको छ । गत वर्षको तुलनामा आगामी वर्षमा ग्राहकहरूले हुवावे पी ५०, हुवावे पी ५० प्रो र हुवावे पी ५० प्रो प्लसका साथ पी ५० लाइट जस्तै सस्तो मूल्यमा किन्न सक्ने कम्पनीले दाबी गरेका छन् ।

वन प्सल ९

२०२१ को पहिलो चौमासिक अर्थात दोस्रो चौमासिकमा सार्वजनिक हुन लागेको वान प्सल ९ पहिले नै सार्वजनिक भइसकेको छ । नेक्स्ट–जेनको फ्ल्यागसीप स्न्यापड्रागन चिपसेटको साथसाथै बोर्डको माथिको टप अफ द लाइन ग्लासेसी जस्तै, वनप्सल निश्चित रुपमा आफूलाई उत्कृष्ट एन्ड्रोइड फ्ल्यागसीपको रुपमा प्रस्तुत हुने अनुमान गरेको छ । १२० एचजेठ डेक डिस्प्ले भएको उक्त मोबाइलको ६.८ इन्च ओलेड डेक डिस्प्ले, सुपर फास्ट चार्जिङ, ४९ एमपीको क्यामेरा सेन्सोर रहेको छ । साथै, अन्य मोबाइलको तुलनामा यस मोबाइलले भिन्न तरिकाले आकर्षक र मूल्य पनि सस्तो हुने जनाएको छ ।

 एलजी रोलयबल फोन

इलेक्ट्रिक सामाग्रीमा विश्वभर ख्यातीप्राप्त एलजी कम्पनीले पनि आगामी २०२१ को मार्चका नयाँ रोलयबल फोन सार्वजनिक गर्ने भएको छ । उक्त मोबाइल फोल्ड गर्न मिल्ने खालको बनाइएको कम्पनीले जनाएको छ । यस फोनलाई एलजी रोलयबल पनि भन्न सकिन्छ । तर, यस फोनको उपकरणको बारेमा हालसम्म केही थाहा छैन । यसको बारेमा पेटेन्ट लिस्टिङ र केही सामान्य विशेषता बाहेक अन्य अफवाह फैलिएको जनाएको छ । साथै, रोलयबल एलजी फोन मार्चमा आउन सकिने अनुमान गरेको छ ।

सामसुङ ग्यालेक्सी जेठ फ्लिप ३

त्यस्तै आगामी २०२१ मा अर्को जेट फ्लिप फोल्डएबल फोनलाई जेठ फ्ल्पि ३ भन्न सकिने आशा गरेको छ । सामसुङले यो जेठ फोल्डसँग बराबरीमा ल्याउनको लागि अधिक नामाकरण गरी रणनीति अपनाउने गर्ने पनि हल्ला रहेको छ । साथै, उक्त सार्वजनिक हुन लागेको सामसुङ फ्लिप फोनले सुपर स्मोथका साथ १२० एचजेठ डिस्प्ले, पाइभजी, फ्ल्यागसीप चिपसेट रहेको जनाएको छ ।

अझै महत्वपूर्ण कुरा यस डिजाइनलाई धेरै संकुचन फ्रेमको साथ अद्यावधिक गरिनेछ । जसले स्लीकर लुक प्राप्त गर्न मद्दत र्ने कम्पनीको भनाइ छ । उक्त मोबाइलकोे अल्ट्रा–पातलो गिलासका साथै आन्तरिक ७.७ इन्चको ओलेड डिस्प्ले रहेको छ । साथै, फिचर पुरक हुनको लागि त्यहाँ स्टिरियो स्पिकरहरू हुनेछन् ।

गुगल पिक्सेल फाइभए

गुगलले पनि आगामी २०२१ को मेमा ग्राहकहरूले किन्न सक्ने मूल्यमा पिक्सेलमा गुगल आइ÷ओ फाइभए सार्वजनिक गर्ने भएको छ । विगतको दिनमा गुगल पिक्सेल फोरए निकै उत्कृष्ट र सस्तो मूल्यले ग्राहकलाई आकर्षण गर्न सफल भएको थियो । त्यस्तै आगामी वर्षमा आउने फाइभएको पनि उत्कृष्ट मूल्य प्रस्ताव हुने अनुमान गरेको छ ।

सामान्यतया पिक्सेल फोरए सिरिजका साथ अनुमान गरिएको गुगल फाइभए दुई भिन्न साइजको साथ सार्वजनिक हुने भएको छ । जसमा कम्प्याक्ट फाइभए र ठूलो फाइभए एक्सएलमा फाइभजीको साथ सार्वजनिक हुने भएको छ ।

 सोनी एक्सपेरीय वन आईआईआई

यसैगरी सोनीको आगामी वर्ष ३ वटा टाएर्सका साथ फाइभजी रेडी फ्ल्यागसीपका साथ बजारमा सार्वजनिक गर्ने भएको छ । उक्त मोबाइल कम्प्याक्ट, रेगुलर र लार्ज प्रिमियम उपकरणका साथ आइफोन र ग्ल्याक्सीलाई चुनौती दिँदै ग्राहकको समस्या समाधान गर्ने गरी सार्वजनिक हुने जनाएको छ । जसमा फ्ल्यागसीप क्वाल्कम स्न्यापड्रागन ८८८ साथ एक नयाँ डिजाइन र एक ट्रिपल क्यामेरा सेटअप सुविधा हुनेछ । उक्त सोनीको उपकरणहरू फेब्रअरीको अन्तमा वा मार्चको शुरुतिर सार्वजनिक हुने भएको छ ।

 सामसुङ ग्यालेक्सी जेड फोल्ड ३

ग्याल्याक्सी जेड फोल्ड २ ले अत्याधिक बजारमा ग्राहकलाई आकर्षण गर्न सफल भएसँगै २०२१ मा फोल्डएबल फोन पोर्टफोलियो विस्तार गरी सामसुङ ग्यालेक्सी जेड फोल्ड ३ सार्वजनिक गर्ने भएको छ ।

जेड फोल्ड ३ को लागि कर्मचारीले लामो समयदेखि काम गरिरहेको हुनाले उक्त मोबाइल उत्कृष्ट रुपमा चिनिने दाबी गरेको छ । त्यस्तै त्यसमध्ये एक चाहिँ अन्डर–स्क्रीन क्यामेरा हो । जुन अर्को वर्षको लागि तयार हुनेछ । जेड फोल्ड ३ धेरै पातलो रहेको र एस पेन समर्थन स्कोर रहने कम्पनीले जनाएको छ ।

सामसुङ ग्यालेक्सी नोट २१

सामसुङ ग्यालेक्सीले नोट लाईनअप पूर्ण रूपमा बजार पिट्ने योजना गरिरहेकाले आगामी २०२१ को तेस्रो चौमासिकसम्ममा ग्यालेक्सी २१ सार्वजनिक गर्ने अनुमान गरेको छ । नोट २१ लाई विभिन्न अफवाहले गर्दा आगामी दिनमा सार्वजनिक हुन लागेको मोबाइल प्रीमियम ग्यालेक्सी एस२१ संस्करण रहने जनाएको छ । साथै, उक्त मोबाइलको एस पेन समर्थनका साथ प्राविधिक रूपमा ग्यालक्सी नोटमा परिणत गर्ने कम्पनीको दाबी छ । त्यस्तै फोल्डेबल फोनहरू लोकप्रियताका साथै नोट लाइनको धेरै आकर्षक देखिने कम्पनीको विश्वास छ ।

एप्पल आइफोन १३ सिरिज

आइफोनले विभिन्न समयमा आफ्नो नयाँ नयाँ मोडलका साथ सार्वजनिक गर्दै आएका छन् । यस्तै २०२१ को तेस्रो चौमासिक अथवा चौथो चौमासिक अगावै आइफोन १३ सिरिज सार्वजनिक गर्ने भएको छ । 

आइफोन १३ पनि विगतको आइफोन जस्तै चारवटा साइजमा आउने छन् । जसमा ५.४ इन्च आइफोन १३ मिनी, ६.१ इन्च आइफोन १३, आइफोन १३ प्रो र ६.७ आइफोन १३ प्रो म्याक्स हुने जनाएको छ ।  कम्पनीले गुणस्तर क्यामेरामा जोड दिएर उच्च प्रकारको मोडल ल्याउने तयारी गरेको छ ।

आइफोन १३ प्रो र आइफोन प्रो म्याक्समा ६ वटा (६पी) तत्वहरू एफ÷१.८ अल्ट्रा–वाइड एन्गल क्यामेराका साथ अटोफोकस सपोर्ट सहायता हुने जनाएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत