गाउँ सहर

छोरीको विवाहमा बुबाले दिए २१ ओटा बिषालु सर्प दाईजो 

एजेन्सी । भारतको मध्ये प्रदेशमा छोरीको विवाहमा २१ वटा विषालु सर्प दाइजोको रूपमा दिने परम्परा रहेको छ । प्रत्येक देश र समाजमा विवाह गर्ने नियम र संस्कार फरक हुन्छ । हरेक परिवारले आफ्नो छोरीलाई राम्रो घरमा विवाह गर्न चाहान्छन् ।  विवाहमा छोरीलाई दाइजो दिने गरिन्छ । दाइजो दिने परम्परा सदियौ देखि चलिआएको हो । धेरैजसो ठाउँमा विवाहमा दाइजो कम दिएको आरोपमा बुहारीलाई  दुःख दिने मात्र नभएर हत्या नै गर्दै आएको देख्न सकिन्छ । दाइजो दिनु र लिनु कानुन विपरित मानिएता पनि यो परम्परा रोकिएको छैन ।

विवाहमा एक जना व्यक्तिले दाइजोको रूपमा २१ वटा विषालु सर्प दिएका छन् । परम्परागत रूपमा नै यस्तै चलिआएको भन्दै ती व्यक्तिले पनि २१ वटा विषालु सर्प दाइजोको रूपमा दिएका हुन् ।

गौरियाको समुदायका मानिसहरुले ज्वाईलाई विषालु सर्प उपहार दिने परम्परा रहेको छ । २१ वटा सर्प दाइजोको रुपमा दिने समुदायमा सदियौ वर्षदेखि यो परम्परा चल्दै आएको हो । यदि कसैले छोरीको विवाहमा विषालु सर्प दाइजो नदिदाँ छोरीको विवाह चाँडै नै बिग्रने मान्यता समुदायका मानिसहरुले बताउँदै आएका छन् । 

विवाहको तयारी भएपछि बेहुलीका पिताले आफ्नो ज्वाईलाई उपहार दिनलाई नै सर्प समात्न सुरु गर्छन् । उनीहरुले गेंहुअन जस्ता विषालु सर्प समात्न पनि पछि पर्दैनन् । आश्र्चयको कुरा त त्यहाँका बच्चाहरु पनि विषालु सर्प देखेर डराउँदैनन् । उनीहरु मजाले सर्पसँग खेल्ने गर्छन् ।

त्यस ठाउँका मानिसहरुले सर्प समातेर नै पैसा कमाउने गर्छन् । सर्प बेचेर नै आफ्नो घर खर्च टार्ने गर्दछन् । उनीहरुको गल्तीले सर्प बक्समा मरेमा सबै गाउँका मानिसहरुलाई बोलाएर खाना खुवाउनु पर्छ र पुरै परिवारका सदस्यले कपाल मुन्डन गर्नुपर्छ । 

गाउँ सहर डेस्क

तपाईँको मत