गाउँ सहर

विदेश जाने ७६ प्रतिशले कमी

काठमाडौँ । विदेश जाने ७६ प्रतिशले कमी आएको छ ।  कोभिड–१९ ले श्रम गन्तव्यको आर्थिक गतिविधिमा प्रभाव पारेको छ । यसको असर नेपालीको वैदेशिक रोजगारीको क्षेत्रमा देखिन थालेको छ । गत आर्थिक वर्षको पहिलो चार महिनाको तुलनामा चालू आर्थिक वर्षको कात्तिकसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ७५.८ प्रतिशतले कमी आएको छ । विदामा आएर पुनः रोजगारीमा जाने नेपालीको संख्याबाहेक संस्थागत तथा व्यक्तिगत (नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्यामा ७५.८ प्रतिशतले कमी आई १९हजार २५१ मा सीमित भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५.६ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या चालू आवको पहिलो चार महिनामा ६७.९ प्रतिशतले कमी आई २५हजार ९३१ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९.१ प्रतिशतले बढेको थियो ।

गाउँ सहर डेस्क

तपाईँको मत