स्वास्थ्य

चिसो मौसममा जोर्नी र घुँडा दुख्छ ? यसो गर्नुहोस् राहत मिल्छ

काठमाडौँ । चिसो मौसममा धेरैजसो मानिसहरुमा जोर्नी र घुँडा दुख्ने समस्या हुन्छ । पुष महिनाको सुरुदेखि नै देशभर जाडो बढिरहेको छ । यो मौसममा अधिकांश मानिसहरुलाई जोर्नी र घुँडा दुख्जे समस्या बल्झिने गर्दछ । कतिपयलाई त घुँडा दुखाईले हिँडडुल गर्न समेत समस्या हुन्छ । जोर्नी तथा घुँडा दुखाईबाट राहत पाउन यसो गर्नुहोस ।

१. तोरीको तेलमा लसुन मिसाएर हल्का तताइ नियमितरुपमा दुखेको भागमा मालिस गर्नाले जोर्नी र घुँडाको दुखाई कम हुन्छ ।

२. नियमित कागतीको सेवन वा यसको रसलाई घुँडामा लगाएर मालिस गर्दा दुखाईमा राहत मिल्दछ ।

३. अदुवालाई चियासँग सेवन गरे वा यसको रस पिउँदा वा अदुवाको रस महसँग सेवन गरेमा घुँडाको दुखाईमा रामवाणको काम गर्छ ।

४. सिधे नुनलाई पानीमा हालेर दुखेको ठाउँमा लगाउँदा घुँडाको दुखाईमा कम हुन्छ ।

५. बेसारमा रहने कुरक्यूमिनले एन्टिअक्सिडेन्टको रुपमा काम गर्ने भएकाले घुँडाको दुखाई कम गर्न सहयोग गर्छ ।

६. मेवाको बिउलाई पिसेर तेलमा मिसाई लगाउँदा घुँडामा दुखाईबाट राहत मिल्दछ ।

७. नियमित रुपमा गाजर सेवन गरेमा घुँडाको दुखाईबाट छुट्कारा पाउन सकिन्छ ।

८. मेथीको बिउलाई पिसेर तेलमा मिलाएर हल्का हातले दुखेको भागमा लगाउँदा जोर्नी र घुँडाको दुखाई कम हुन्छ ।

९. प्याज खादाँ वा पिसेर घुँडामा लगाउनाले पनि दुखाईबाट छुट्कारा पाउन सकिन्छ ।

१०.नरिवलको तेल लगाएर मालिस गर्दा आराम मिल्दछ ।

११. रातो खुर्सानीको प्रयोग । रातो खुर्सानीमा रहने केपसाइसिनले पेनकिलरको जस्तै काम गर्ने भएकाले घुँडाको दुखाईमा राहत प्राप्त हुन्छ ।

१२. बदाम, दुध जस्ता चिजहरु दैनिकरुपमा सेवन गर्दा घुँडाको दुखाई कम हुँदै जान्छ ।

१३. क्याल्सियमयुक्त खानाले हड्डीको समस्याबाट राहत दिलाउने भएकाले क्याल्सियम भएका खानेकुराहरु भरपुर सेवन गर्नुपर्छ ।

१४. नियमित रुपमा एक्सरसाइज गर्नुपर्दछ । 

१५. नियमित योगा गरेमा समेत घुँडाको समस्याबाट छुटकारा पाउन सकिन्छ ।

गाउँ सहर डेस्क

तपाईँको मत