अर्थतन्त्र

सुनको मूल्य बढ्यो, शुक्रबार कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ ।  नेपाली बजारमा शुक्रबार सुनको मूल्य १०० रुपैयाँले बढेको छ ।

आज छापावाला सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँ, तेजावी ९३ हजार ७ सय रुपैयाँ र चाँदी तोलामा १ हजार २८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै चाँदी प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भैरहेको छ ।  चाँदी बिहीबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

बिहिबार छापावाला सुन प्रतितोला ९४ हजार १०० रुपैयाँ र तेजावी ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको महासंघले बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत