राजनीति

उपत्यकामा ३ हजार बढी सुरक्षाकर्मी परिचालन

काठमाडौँ । उपत्यकामा ३ हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । संसद् विघटनसँगै उत्पन्‍न राजनीतिक घटनाक्रमले सुरक्षा चुनौती बढाउनसक्ने भन्दै काठमाडौंमा तीन हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी तीन हजार बढी सुरक्षाकर्मी सडकमा निस्किएका छन् ।

संसद् विघटनको निर्णयविरुद्ध प्रचण्ड—नेपाल समूह सडकमा निस्किएका छन् । आज सर्वोच्च अदालतमा संवैधानिक इजलासमा  सुनवाइ हुँदैछ । 

गाउँ सहर डेस्क

तपाईँको मत