स्वास्थ्य

विश्वभर काेराेना संक्रमित संख्या ८ कराेड नजिक, अहिलेसम्म १७ लाख ४९ हजारका ज्यान गयाे

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल २ कराेड १८ लाख ५२ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ५ करोड ६१ लाख २६ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ७ करोड ९७ लाख २९ हजार नाघेको छ भने मृतकको संख्या १७ लाख ३४९हजार ३४० जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये १ लाख ६ हजार २५० जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा १ कराेड ९१ लाख ११ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ३ लाख ३७ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने २८ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म १ कराेड १२ लाख १९ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ७५ लाख ५५ हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म १ कराेड १ लाख ४७ हजार ६४८ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ४७ हजार १२८ जनाको ज्यान गइसकेको छ । जसमध्ये ९७ लाख १७ हजार १९८ जना निको भएका छन् । सक्रिय केस २ लाख ८३ हजार १४२ मात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा ७४ लाख २५ हजार जना संक्रमितमध्ये ६४ लाख ४९ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने १ लाख ९० हजारभन्दा बढी छन् । हाल ७ लाख ८५ हजार जनामा काेराेना भाइरस सक्रिय छ ।

नेपालमा भाइरस संक्रमित २ लाख ५६ हजार ५९२ जना पुगेका छन् भने २ लाख ४७ हजार ४०० जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या १ हजार ८०८ पुगेको छ भने ७ हजार ३८४ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत