समाज

लुटपाटमा संलग्नमा एक जना पक्राउ

काठमाडौँ । लुटपाटमा संलग्न रहेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  करिब ६ लाख ३५ हजार बराबरको धनमाल लुटपाटमा संलग्न रहेको अभियोगमा काठमाडौं स्युचाटारका बस्ने दोलखा घर भएका सागर भन्ने ४९ वर्षीय लालबहादुर श्रेष्ठलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

गत साउन ८ गते सिन्धुली कमलामाई नगरपालिका–२ बस्ने भोला बहादुर जर्घामगरलाई एक युवतीले मोटरसाइकलमा लिफ्ट मागी चोभारसम्म पु¥याउन अनुरोध गरेकोमा निज युवतीलाई चोभारमा पु¥याउँदा अपरिचित ब्यक्तिहरुले भोला बहादुरको साथमा रहेको ६ तोला सुनको १ थान सिक्री, २ थान मोवाइल, १ थान चस्मा १ थान र नगद ७ हजार रुपैयाँ समेत गरी उक्त रुपैयाँ बराबरको धनमाल लुटपाट गरेका थिए । 

उक्त घटनाको अनुसन्धान गर्ने क्रममा लुटपाटमा संलग्नमध्ये लालबहादुरलाई प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ । प्रारम्भिक अनुसन्धानको क्रममा लालबहादुर समेतका मानिसहरुले अन्य स्थानहरुमा समेत युवतीको प्रयोग गरि बिभिन्न मानिसहरुलाई लुटपाट गरेको भन्ने खुल्न आएको हुँदा सो सम्बन्धमा समेत अनुसन्धान कार्य भईरहेको  प्रहरीले जनाएको छ ।  उनलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको छ । 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त महाशाखाले बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत