समाज

फिल्म निर्माता संजय लीला र आलिया भट्ट विरुद्व अदालतमा मुद्दा दायर

एजेन्सी । फिल्म निर्माता संजय लीला र आलिया भट्ट विरुद्व अदालतमा मुद्दा दायर गरिएको छ । गंगुबाईका परिवारहरुले फिल्ममाथि आपत्ति जनाउँदै बम्बे अदालतमा मुद्दा दायर गरेका हुन् । 

गंगुबाईको परिवार फिल्मको कहानीबाट खुशी भएका छैनन् । त्यसकारण भंसाली, आलिया भट्ट र फिल्मका लेखक हुसेन जैदीको विरुद्धमा मुद्दा दायर गरेको जनाइएको छ ।

बलिउड फिल्म निर्माता संजय लीला भंसाली धेरै समयबाट आफ्नो फिल्म ‘गंगुबाई काठियावाडी’ लाई लिएर चर्चामा रहेका छन् । फिल्ममा आलिया भट्टले मुख्य भुमिका निभाएकी छन्  । वर्तमान समयमा फिल्म निर्माता विवादमा फस्दै आएका छन् ।

अदालतले यी तिनै जनालाई ७ जनवरी २०२१ मा जवाफ दिने समय तोकेको छ । भंसालीले बनाएको यो फिल्म हुसैन जैदीद्धारा लिखिएको किताब ‘माफिया क्वीन अफ मुम्बई’ मा आधारित रहेको छ । जैदीले आफ्नो यस किताबमा गुजरातका काठियावाडीमा बस्ने एक युवती गंगा हरजीवनदासको पुरा जिन्दगी उतारेका छन् । 

उक्त फिल्मको शुर्टिङ मुम्बईमा भइरहेको थियो । फिल्मको धेरे प्रतिशत काम त सकिसकेको छ । गंगुबाईको असली नाम गंगा हरजीवदास थियो ।  जो गुजरातको काठियावाडीमा बस्ने गर्थिन् । उनको १६ वर्षको पिताका एकाउन्टेनसँग माया बस्यो र उनीसँग विवाह गरेर मुम्बई भागेर आएकी थिइन् । उनका पतिले उनलाई जम्मा ५ सय रपैयाँमा बेचिदिएका थिए ।

फिल्मको विभाजनबाट पहिला र पछिको कहानी देख्न सकिनेछ । आलियाले एक गैगस्टारको भुमिका निभाएकी छन् । आलिया र भंसाली पहिलो पटक यस फिल्ममा काम गरेका हुन् । यसमा अजय देवगनलाई पनि कैमियो रोलमा देख्न सकिन्छ  ।

गाउँ सहर डेस्क

तपाईँको मत