प्रविधि

मोबाइल एप रिचार्जरले ल्यायो क्रिसमस अफर, १२ रुपैयाँमा आईफोन १२ खरिद गर्न सकिने

काठमाडौँ । मोबाइल एप रिचार्जरले क्रिसमसको अवसरमा १२ रुपैयाँमै आइफोन १२ खरिद गर्न सकिने अफर  ल्याएको छ । रिचार्जरले आफ्ना प्रयोगकर्तालाई १२ रुपैयाँको टोकन खरिद गरी क्रिसमस अफरमा सहभागी भई आइफोन १२ जित्ने अवसर सार्वजनिक गरेको हो ।

जसका लागि गूगल प्ले तथा एप स्टोरबाट रिचार्जर एप डाउनलोड गरी क्रिसमसका अन्य अफरमा सहभागि हुन सकिनेछ । रिचार्जरले अफरको समयमा १२ रुपैंयामा आईफोन १२ जित्ने व्यवस्था गरेको छ । यसका लागि एपबाट गोलाप्रथाका लागि १२ रुपैंयामा टोकन खरिद गर्नु पर्ने रिचार्जरले जनाएको छ ।

रिचार्जरले आईफोन १२ किन्न चाहनेहरुलाई ७ हजार ८८८ रुपैंयाको मासिक किस्तामा १२८ जिबी स्टोरेज भएको आईफोन १२ उपलब्ध गराउने भएको छ । यसका लागि डाउन पेमेण्टमा कुनै शुल्क नलाग्ने तर क्रेडिट कार्ड अनिवार्य हुनेछ ।

माछापुछ्रे बैंक, एनआईसी एशिया बैंक, सिद्धार्थ, ग्लोबल आईएमई, मेगा बैंकका क्रेडिटकार्ड वाहले तत्काल आईफोन खरिद गर्न सक्ने छन् । अरुले भने रिचार्जरको मोबाइल एपबाट नयाँ प्रकृयाबाट शुन्य प्रतिशत व्याजदरमा आईफोन खरिद गर्न सक्ने बताएको छ ।

त्यसैगरी, रिचार्जरले क्रिमसको अवसरमा गिफ्टहरुको खरिदमा ७० प्रतिशतसम्म छुट उपलब्ध गराउने भएको छ ।

गूगल प्ले तथा एप स्टोरबाट रिचार्जरको एप डाउनलोड गरि एकाउण्ट खोल्दा १ हजार क्यास प्वाइन्ट पाउन सकिन्छ । यसका साथै रिचार्जरबाट मोबाइल रिचार्ज गर्दा शतप्रतिशत क्यास प्वाइन्ट पाउन सकिन्छ । अन्य सेवाहरुको महसुल भुक्तानीमा पनि पाइने क्यास प्वाइन्टलाई रिचार्जरबाट सामान किन्दा छुटका रुपमा प्रयोग गर्न सकिन्छ ।

गाउँ सहर डेस्क

तपाईँको मत