स्वास्थ्य

कोरोना खोपको अर्थशास्त्र; उच्च जोखिम मोलेर निर्माण गर्दै निर्माताहरू, मुनाफा हाेला ?

काठमाडौँ । कोरोनाभाइरस पहिचान भएको एकवर्ष नाघिसकेको छ । यो बीचमा केहि खोप आइसकेका छन् । खोप अनुसन्धान तथा विकासको लागि धेरै देशहरुका सरकारी र निजी र अन्य औषधि कम्पनी तथा संस्थानहरु लागिपरेका छन् । आजसम्म संसारमा कोरोनाभाइरसका ३० खोपमा काम भइरहेका छन् ।

फाइजर, मोडर्ना, कोभिशील्ड र स्पूतनिक जस्ता केहि खोपहरु तयार भइसकेका छन् । ब्रिटेन र अमेरिकालगायत अन्य देशमा खोपको सुरुवात भइसकेको पनि छ भने केहि खोप परीक्षणकाे रुपमा अन्तिम दौड दौडिरहेका छन् ।

एजेन्सीका अनुसार, खोप विकास गर्नको लागि औषधि कम्पनीलाई अहिलेसम्म १८.४५ बिलियन पाउण्ड सहयोग दिइएको छ । अब प्रश्न उठ्न सक्छ कि के खोप निर्माता कम्पनी मोटो रकम मुनाफा पनि हासिल गर्छन् त ?

कोष कसरी तयार गरियो ?

कोरोना महामारी घोषित भएपछि खोपको आवश्यकता थियो । यसकारण ठूला फर्मा कम्पनीलाई विभिन्न तरिकाले लगानी प्राप्त हुन थाल्यो । डेटा रिसर्च एजेन्सीकाे एयरफिनिटले खोपको लागि दिइएको रकमलाई ४ भागमा बाँड्यो ।

१. फर्मा कम्पनीद्वारा बनाइएको फण्ड,
२. कयौँ देशका सरकारद्वारा दिइएको फण्ड,
३. निजी लगानीकर्ताले मुनाफा कमाउनको लागि लगाएको रकम,
४. मानवहितमा काम गर्ने संस्थाद्वारा दिइएको फण्ड, ताकि गरिबसम्म पुग्न सकोस् । 

बजेट कति ?

अहिले कुल १८.४५ बिलियन पाउण्ड, ३० भ्याक्सिनको रिसर्च एण्ड डेभलपमेन्टमा खर्च भइरहेको छ । सामाजिक क्षेत्र र सहयोगको कुरा गर्ने हो भने बिल गेट्स फाउण्डेशन र अलिबाबाको जैक मा ले पनि धेरै अनुदान दिएका छन् । सरकारको कुरा गर्ने हो भने अमेरिकाले सबैभन्दा बढी रकम दिएको छ ।

लगानी यतिविघ्न छ, खोपको मूल्य कति पर्ला ?

कोरोना महामारीले विश्व आजित बनाएको यो विषम अवस्थामा सबैको ध्यान खोप र ज्यान बचाउनमा केन्द्रित भएकोले कम्पनीहरुले मुनाफालाई ध्यान दिएका छैनन् । तर सामान्य नाफा राखेर हिँडेपनि अत्यधिक मुनाफा कमाउन सक्छन् ।

भ्याक्सिन निर्माण कम्पनीमा सबैभन्दा महंगो भ्याक्सिन मोडर्नाको छ । यसको मूल्य २९४४ देखि ३७४८ नेपाली रुपैयाँबीच छ । मोडर्ना आरएनए मा आधारित भ्याक्सिनमा काम गर्ने ठूलो कम्पनी हो । यो भ्याक्सिनलाई धेरै कम तापक्रममा राख्नु पर्दछ । यसकारण यसको मूल्यपनि धेरै छ ।

सबैभन्दा कम मूल्य कोभिशील्डले गर्ने कोशिश गरिरहेको छ । यो अवस्थामा उनीहरु कम नाफामा व्यापार गर्नेछन् । बरु पछि आवश्यकतानुसार मूल्य बढाउन सक्छन् ।

के भ्याक्सिन कम्पनीहरुले धेरै मुनाफा गर्लान् ?

यो प्रश्नको उत्तर सहज र सरल छैन । यसलाई लिएर विज्ञहरु विभिन्न तर्क प्रस्तुत गर्छन् । महामारीबीच कम्पनीले भ्याक्सिनको मूल्य धेरै राख्दैनन् । आम नागरिकमा पुर्याउनको लागि पनि उनीहरु कम मूल्य निर्धारण गरिरहेका छन् ।

अहिले नै मुनाफाखोरीको आशंका कम छ । किनकी बढी कम्पनीहरु कोष र अनुदान संस्थाहरुसँग मिलेका छन् । यसकारण च्यारिटीको हिसावले यसको मूल्य तय गर्नुपर्ने हुन्छ ।
कोरोना नियन्त्रण भएपछि भने मूल्य बढ्न सक्छ । यो एक वर्षमा ३० देखि ५० प्रकारका भ्याक्सिन बजारमा आइसकेका छन् । हुनसक्छ प्रतिश्पर्धाले मूल्य घट्न सक्छ ।

सबैभन्दा महत्वपूर्ण मुद्धा यो छ कि भ्याक्सिन कति प्रभावकारी हुन्छ । शरीरलाई कहिलेसम्म बचाउँछ । अर्को शब्दमा भन्नुपर्दा भ्याक्सिन दोस्राेपटक लगाउनु पर्छ कि पर्दैन ? कम्पनीले यसको बारेमा स्पष्ट पारेका छैनन् ।

कोरोनाले आफ्नो प्रकार बदलिरहेको छ । यो अवस्थामा कुन भ्याक्सिन कति प्रभावकारी छ, यसलाई लिएर अनेक प्रश्नहरु उठेका छन् । यो सबै कुराहरुको बीच कम्पनीको नजर मुनाफालाई लिएर भएको छैन । तर, यो पनि तय गरिएको छैन कि उनीहरुलाई नोक्सानी कति होला !

सर्वसाधारण स्तरमा के होला ?

फर्मा कम्पनी भ्याक्सिन रिसर्च एण्ड डेभलपमेन्टमा फाइदालाई हेर्दैनन् । यसकारण पनि भ्याक्सिन रिसर्च, टेस्टिंग जस्ता प्रक्रियामा धेरै समय लाग्छ । भ्याक्सिन कम्पनीलाई विकासशील देशको साथ गरिब देशलाई पनि ध्यान दिने दवाव हुन्छ ।

बढी भ्याक्सिन एकल प्रयोगको लागि हुन्छ । एक पटक लिएपछि व्यक्तिलाई दोस्रोपटक दिनु पर्दैन । यो खोपको निर्माणले गर्दा कयौँ कम्पनीले अन्य औषधिको नियमिततामा असर पर्नाले त्यसको दवाब पनि कम्पनीहरुले झेलिरहेका छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत