समाज

झारफुक गर्ने बहानामा बलात्कार, एक जना प्रहरी नियन्त्रणमा

काठमाडौँ । काठमाडौमा झारफुक गर्ने बहानामा बलात्कार गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ३९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई नियत्रणमा लिएको हो । 

पक्राउ पर्नेमा शंखरापुर नगरपालिका ६, सलम्बुटार बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका २, हैबुङका ४६ वर्षीय भीमबहादुर सुनार रहेका छन् ।

सुनारले ती महिलालाई झारफुक गर्ने बहानामा बोलाई सलम्बुटारस्थित टहरोमा बलात्कार गरेको आरोपमा महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 

 

 

गाउँ सहर डेस्क

तपाईँको मत