गाउँ सहर

जनकपुरधामको मिथिला डिपार्टमेन्टमा भिषण आगलगी, आगो नियन्त्रण बाहिर

जनकपुरधाम। जनकपुरधामको मिथिला डिपार्टमेन्टमा भिषण आगलगी भएको छ । जनकपुरधाम उपमहानगरपालिकाको मुख्य भाग शिव चौकमा रहेको मिथिला डिपार्टमेन्ट स्टोरमा आगोे लागेको हो । आगोले करोडौ मूल्यका सामानहरु जलेर नष्ट भएका छन् ।

विहान अन्दाजी १० बजे लागेको आगो नियन्त्रणका लागि नेपाल नागरिक उड्ययन कार्यालय जनकपुर, जलेश्वर नगरपालिका, धनुषाधाम नगरपालिका, मिथिला नगरपालिका तथा क्षिरेश्वरनाथ नगरपालिकाको वारुण यन्त्रको मद्दतले आगो निभाउने प्रयास गर्दा पनि हालसम्म नियन्त्रणमा आएको छैन ।

आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी तथा स्थानीय बाँसीले प्रयास गर्दा पनि हालसम्म नियन्त्रणमा नआएको धनुषाका प्रहरी उपरीक्षक रमेश वस्नेतले जानकारी दिएका छन् ।

आगो भिषण भएको र डिपार्टमेन्टको भित्रसम्म फैलिएकाले नियन्त्रणमा कठिनाई भएको प्रहरीले जनाएको छ । जनकपुरधाम उपमहानगरपालिकासंग वारुण यन्त्र नभएको भन्दै स्थानीय बाँसीले विरोध गर्दै नगरप्रमुखका विरुद्धमा नाराबाजी गरेका छन् ।

नगरप्रमुख लालकिशोर साहको विरुद्धमा स्थानीय बाँसीले विरोध प्रदर्शन गर्दै बारुण यन्त्र राख्न नसकेको भन्दै राजिनामाको माग गरेका छन् । यसै बीच मिथिला डिपार्टमेन्ट स्टोरका प्रबन्ध निर्देशक हरिकान्त मिश्रले ५ करोड बराबरको क्षति भएको बताए । उनले १ करोड ५० लाखको विमा मात्र गरेको बताएका छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत