समाज

डिउटीमा खटिएका प्रहरीमाथि कुटपिट

ललितपुर । डिउटीमा खटिएका प्रहरीमाथि कुटपिट भएको छ । ललितपुरको धोबीघाट चोकमा डिउटीमा खटिएको प्रहरी कर्मचारी कुटिएका हुन् ।  कुटपिटको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको जनाएको छ । 

पक्राउ पर्नेहरूमा सोही महानगरपालिका–४ बागडोल बस्ने ३१ वर्षीय उमेश खड्का र धादिङ घर भई सोही ठाउँ बस्ने २६ वर्षीय रुकेश रानाभाट रहेका छन् । बा ८६ प ५९७० नम्बरको मोटरसाइकलमा सवार उनीहरूले बाटो हिँडेको मान्छेलाई अपशब्द बोलेपछि महानगरीय प्रहरी प्रभाग बल्खुबाट खटिएको प्रहरीले रोकी सम्झाई बुझाई गर्ने क्रममा उनीहरूले प्रहरीमाथि हातपात गरेका थिए । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत