स्वास्थ्य

विश्वभर २ कराेड १६ लाख जनामा काेराेना भाइरस सक्रिय, १ लाख ६ हजारकाे अवस्था गम्भीर

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल २ कराेड १६ लाख ८८ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ५ करोड ५६ लाख ४५ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ७ करोड ९० लाख ५१ हजार नाघेको छ भने मृतकको संख्या १७ लाख ३७ हजार ५१८ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये १ लाख ६ हजार ५७३ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा १ कराेड ८९ लाख १७ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ३ लाख ३४ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने २८ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म १ कराेड ११ लाख १ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ७४ लाख ८१ हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म १ कराेड १ लाख २३ हजार ५४४ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ४६ हजार ७७८ जनाको ज्यान गइसकेको छ । जसमध्ये ९६ लाख ९२ हजार ६१ जना निको भएका छन् । सक्रिय केस २ लाख ८४ हजार ७०५ मात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा ७३ लाख ६६ हजार जना संक्रमितमध्ये ६४ लाख ५ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने १ लाख ८९ हजारभन्दा बढी छन् । हाल ७ लाख ७२ हजार जनामा काेराेना भाइरस सक्रिय छ ।

नेपालमा भाइरस संक्रमित २ लाख ५५ हजार ९७९ जना पुगेका छन् भने २ लाख ४६ हजार ६०१ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या १ हजार ८०३ पुगेको छ भने ७ हजार ५१५ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत