प्रेरणा

जब अफ्ट्यारो समय आउँछ, अनि उसलाई धर्मको याद आउँछ

काठमाडौँ । गलत काम गर्ने व्यक्तिलाई केहि समय त सुख मिल्न सक्ला तर एक दिन यस्तो समय आउँछ जब उसलाई नराम्रो कामको फल मिल्दछ वा उ कुनै समस्यामा फस्दछ ।

नराम्रा व्यक्ति समस्यामा फसेपछि उसलाई धर्म कर्म र सहि गलतको याद आउँदछ । यसै सम्बन्धमा यो महाभारतको कथा मनन गरौँ ।

मभारतको युद्ध चलिरहेको थियो । पाण्डवले कौरव सेनाका कयौँ महारथीलाई मारिदिएका थिए । यसपछि अर्जुन र कर्णबीच युद्ध भयो । दुबैको युद्ध चलिरहेको थियो कर्णको रथको पाङ्ग्रा जमिनमा भासियो ।

रथको पाङ्ग्रा निकाल्नको लागि कर्ण रथबाट उत्रिए । सो समय अर्जुनले आफ्नो धनुषमा बाण चढाएका थिए । कर्णले अर्जुनसँग भने- यो के गरिरहेका छौ ? एक कायर जस्तै नगर, एक निहत्था योद्धामाथि बाण चलाउन तिमीलाई शोभा दिँदैन । मलाई रथको पाङ्ग्रा निकाल्न देउ, अनि म तिमीसँग युद्ध गर्नेछ’ ।

अर्जुनका सारथी श्रीकृष्णले भने- जब कोहि नराम्रो व्यक्ति समस्यामा फस्छ, तब उसलाई धर्मको याद आउँछ । आज कर्णको यहि अवस्था छ । जब द्रौपदीको चीरहरण भइरहेको थियो, जब द्युत क्रीडामा कपट भइरहेको थियो तब कर्णले पनि धर्मको साथ दिएनन् । वनवास पछि पाण्डवलाई उनीहरुको राज्य फर्कन दिएनन् । १६ वर्षपछि एक्ले अभिमन्युलाई कयौँ मानिसले घेरेर मारे । यो पनि अधर्म थियो । सो समय कर्ण कहाँ थिए ?

यो कुरा सुनेर कर्ण निराश भए ।

श्रीकृष्णले अर्जुनसँग भने- तिमी नपर्ख र बाण चलाउ । कर्णले धर्मको कुरा गर्ने अधिकार छैन । यिनले सँधै अधर्मको साथ दिएका छन् ।

अर्जुनले कृष्णको कुरा मानेर कर्णमाथि बाण प्रहार गरे, उनी मरे ।

गाउँ सहर डेस्क

तपाईँको मत