कला

शुक्रबारबाट सिनेमा हल खुल्ने

काठमाडौँ । शुक्रबारबाट सिनेमा हल चलाउने तयारी भइरहेको छ । कोरोनाभाइरस संक्रमणको महामारीको कारण विगत नौ महिनाबाट बन्द भएको सिनेमा घर कहिलेदेखि संञ्चालनमा आउने टुङ्गो छैन । तर, हलहरुको छाता संंगठन चलचित्र संघले भने पुस १० अर्थात शुक्रबारबाट चलचित्र हल खोल्ने निर्णय गरिसकेको छ ।

शुक्रबारबाट हल संचालनग र्ने तयारी गरेका हल व्यवसायीहरु अहिले आन्तरिक तयारीमा व्यस्त छन् । सरकारले हल संचालनका लागि अनुमती नदिएपछि शुक्रबारबाट हलचलाउने घोषणा हल व्यवसायीहरुको छाता संगठन चलचित्र संघले निर्णय गरिसकेको छ ।

नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दहालले भने, चलचित्र घर खोल्नु नै पर्छ । हामीले त असारदेखि नै खोल्नुपर्ने माग गरेका थियौँ। स्वास्थ्य मापदण्ड अपनाएर सिनेमा घरहरु सञ्चालन गर्नुपर्ने उनले जानकारी दिएका छन् ।

सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयबाट सिनेमा घर खोल्नुपर्छ भनेर प्रस्ताव गइसकेको जानकारी दिदै निणर्य हुन बाँकी रहेको पनि उनले बताए ।

चलचित्र संघका अध्यक्ष मधु सुदन प्रधानका अनुसार, शुक्रबारबाट हलमा ‘आमा र सेन्टी भाइरस’ चलाउने तयारी गरिएको छ ।

यी दुबै चलचित्र हलमा प्रदर्शनी भैरहेको समयमा कोरोना भाइरसको महामारीका कारण बन्द गर्नुपरेको थियो ।
उनले भने, जुन चलचित्र रिलिज भैरहेको समयमा हल बन्द गर्नुपरेको थियो, अब शुक्रबारबाट हामी सोही चलचित्र चलाउने तयारीमा छौं । 

देशभरका हल व्यवसायीहरु शुक्रबारबाट हल खोल्न उत्साहित छन् प्रधानले जानकारी दिए । चलचित्र बनाएर बसेका निर्माताहरु तत्काल चलचित्र प्रदर्शन नगर्ने बताउँदै आएका छन् । त्यसैले पुराना चलचित्र नै हालको लागि प्रदर्शनमा ल्याइने उनले बताएका छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत