समाज

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

 काठमाडौं । ललितपुरको घोविघाटमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । गएराति ललितपुर महानगर–३ स्थित धोविघाटमा प्रदेश–३–०२–२०प २३६१ नम्बरको मोटरसाइकलको ठक्करबाट २७ वर्षीय गोपिकृष्ण खनालको मृत्यु भएको हो ।

काभ्रे घर भएका खनाल धोविघाट बस्थे । सोही मोटरसाइकलका चालक २० वर्षीय आभाष महर्जन घाइते भएको महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्रचार्यले बताएकी छन् । 

घाइतेको स्टार अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत