समाज

गोली हानी तीन प्रहरीको हत्या

एजेन्सी । गोली हानी तीन प्रहरीको हत्या गरिएको छ । मध्य फ्रान्सको पुये–डी–डोममा बुधबार गोली प्रहार गरी तीन प्रहरीको हत्या गरिएको हो । प्रहरीका अनुसार स्थानीयबासीको झगडा साम्य पार्न खटिएका प्रहरीमाथि गोली प्रहार गरिएको थियो ।

उक्त घटनामा अर्का एक प्रहरी घाइते भएका छन् । बुधबार मध्यरात एक महिलाको उद्धार गर्ने क्रममा ४८ वर्षीय एक व्यक्तिले प्रहरीमाथि गोली चलाएको प्रहरीले भनाइ रहेको छ ।

आक्रमणकारी ती व्यक्तिले एक प्रहरीलाई गोली हानी हत्या गर्नु अघि ती महिलाको घरमा  आगो लगाइदिएका प्रहरीले जनाएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत