स्वास्थ्य

विश्वभर अहिलेसम्म काेराेना संक्रमितमध्ये ५ कराेड ५१ लाख निकाे हुँदा १७ लाख २२ हजारले ज्यान गुमाए

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल २ कराेड १५ लाख ११ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ५ करोड ५१ लाख १० हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ७ करोड ८३ लाख ४५ हजार नाघेको छ भने मृतकको संख्या १८ लाख २२ हजार ८२६ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये १ लाख ६ हजार ३८२ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा १ कराेड ८६ लाख ८३ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ३ लाख ३० हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने २८ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म १ कराेड ९ लाख ४३ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ७४ लाख ८ हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म १ कराेड ९९ हजार ३०३ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ४६ हजार ४७६ जनाको ज्यान गइसकेको छ । जसमध्ये ९६ लाख ६२ हजार ६९७ जना निको भएका छन् । सक्रिय केस २ लाख ९० हजार १३० मात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा ७३ लाख २० हजार जना संक्रमितमध्ये ६३ लाख ५४ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने १ लाख ८८ हजारभन्दा बढी छन् । हाल ७ लाख ७६ हजार जनामा काेराेना भाइरस सक्रिय छ ।

नेपालमा भाइरस संक्रमित २ लाख ५५ हजार २३६ जना पुगेका छन् भने २ लाख ४५ हजार ७०९ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या १ हजार ७९८ पुगेको छ भने ७ हजार ७२९ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत