स्वास्थ्य

पछिल्लो २४ घण्टामा ७ सय २२ कोरोना संक्रमित थपिए, ९ सय ६६ संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा  देशभर थप ७ सय २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  योसँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या २ लाख ५५ हजार २ सय ३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी, आज थप ९ सय ६६ जना कोरोना संक्रमणमुक्त भएपछि हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ४५ हजार ७ सय ९ पुगेको छ । 

मन्त्रालयका अनुसार, आज देशभरिका अस्पताल, संस्थागत आइसोलेसन तथा होम आईसोलेसनमा गरी कूल ७ हजार ७ सय २९ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् । 

त्यसैगरी कोरोना भाइरसको संक्रमणबाट आज थप ३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म १ हजार ७ सय ९८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत