गाउँ सहर

दाम्पत्य जीवन बिताउने यी चरा

एजेन्सी । अग्लो खुट्टा र लामो घाटी हुने सारसहरू मुलत सिमसारमा बस्ने पन्छी हुन । विश्वमा पाइने १५ प्रजातीका सारसहरू मध्ये नेपालमा चार प्रजातीका सारसहरू कालो टाउके सारस, लक्ष्मण सारस, कर्याङ–कुरुङ सारस र सारस पाईन्छन । सारस पंक्षी विश्वको सबैभन्दा ठुलो पक्षीको रुपमा चिनिएको छ । उक्त पंक्षी जति सुन्दर छ त्यति नै प्रिय पनि छ । उड्ने पंक्षीमध्ये सारसले एकै जीवन साथीसँग पुरै जीवन बिताउने गर्दछ । त्यसकारणले पनि यसलाई आदर्श दाम्पत्यको प्रतीक पनि भनिन्छ । जोडी मध्ये एक मरेमा मरेको स्थानमा बसेर रुने गर्छन् । सकेसम्मसँगै प्राण त्याग्न खोज्छन् । यदि प्राण त्याग्न नसकेमा एक्लै जीवन विताउँछन् । 

उनीहरु मनुसुनको आगमनको प्रतिक्षा गरेर बसेका हुन्छन् । वर्षा ऋतुको आगमनमा जोडी भएर प्रणय नृत्य गर्छन् । प्राकृतिक आवास नष्ट तथा प्रदुषित हुदैँ जाँदा यीनीहरुको सख्यामा कमी आएको छ । 

जनसंख्या वृद्धिसँगै बढ्दो शहरीकरण, सडक, बाधनिर्माणले गर्दा सारसको वासस्थान खण्डिकरण र नष्ट भइरहेको छ । वासस्थान विनाश नै सारसको लागि प्रमुख चुनौती हो भने अण्डा चोर्ने र शिकार गर्ने कार्यले पनि सारसलाई अप्ठ्यारोमा पारिरहेको छ । यसरी कृषिभूमिमा बढ्दो विषादीको प्रयोग र अवैज्ञानिक ढंगबाट विस्तार गरिएका विद्युत तारले पनि जीवित सानो संख्यामा रहेका सारसहरूलाई झन् संकटमा पारिरहेको छ । जलवायु परिवर्तन र मौसम परविर्तन जस्ता विश्व व्यापि समस्याहरूले बसाईसराई गरी आउने सारसहरूलाई अप्ठ्यारोमा पारेको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत