प्रेरणा

एकल उद्देश्य बाेकेर तपस्या गर्नुभन्दा आफ्नो योग्यताको उपयोग आवश्यक व्यक्तिको भलाईमा गर्नु पर्दछ

काठमाडौँ । स्वामी विवेकानन्दले एकपटक विचार गरे, मलाई उनलाई धर्म र अध्यात्मसँग जोडिनु छ । मलाई सबैकुरा छोडेर हिमालयको कुनै गुफामा बसेर चिन्तन र ध्यान गर्नुपर्छ । 
उनले यो कुराको घोषणा पनि गरे ।

यो कुरा रामकृष्ण परमहंसलाई थाहा भयो र उनले विवेकानन्दलाई बोलाएर भने- नरेन्द्र, हिमालय किन जान चाहन्छौ ?

विवेकानन्दले भने- त्यहाँ तपस्या गर्नेछु ।

परमहंसले सम्झाए- तिमी योग्य छौ, तपस्या पनि राम्रो गर्लाउ, तर यस्तो तपस्याको के फाइदा ? यो संसारमा म र तिमीबीच वरपर जो व्यक्ति छन्, उनीहरुमध्ये कयौँ व्यक्ति भोकले मरिरहेका छन् । कोहि अनपढ छन् । कोहि गुलामी गरिरहेका छन् । कोहि अशान्त छन् । कयौँ समस्या आज मनुष्य जीवनमा चलिरहेको छ । तिमी यी अनेक समस्या समाधान गर्न छाडेर हिमालयमा एक्लै बसेर तपस्या गर्ने कुरा गरिरहेका छौ । के तिम्रो आत्मा र परमात्माले यस्तो तपस्या स्वीकार गर्ला ?

यदि तिमी साँच्चै तपस्या गर्न चाहन्छौ भने आफ्नो योग्यतालाई ति मानिसमा लगाउ, जो असमर्थ छन् । गरिब र असहायको सेवा गर्नु, आफैँमा ठूलो तपस्या हो । परमात्मा पनि यसबाट प्रशन्न हुन्छन् ।

सार्वजनिक जीवनमा अर्काको भलाईको लागि जो तपस्या र तागत लगाउँछ, उ एक्लो हुन सक्दैन । एक्लै त तिमी हिमालयको गुफामा बसेर जे चाहन्छौ त्यो गर्न सक्छौ । तपस्या सबैसँग गर, सबैको सम्मान गर ।

परमहंसको यो कुरा सुनेर विवेकानन्दले संकल्प लिए- आजबाट मेरो जीवन सार्वजनिक हितको लागि हुनेछ ।

गाउँ सहर डेस्क

तपाईँको मत