समाज

भीरबाट खस्दा एक जनाको ज्यान गयो 

पाल्पा । भीरबाट लडेर एक जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका –६ मस्याममा भीरबाट लडेर एक जनाको ज्यान गएको हो । मृत्यु हुनेमा ४४ वर्षीय गणेश विष्ट रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

मृतक विष्ट गएराति १० बजे आफूखुसी घरबाट हिँडेको र अत्याधिक मापसे गर्दै आएको बुझिएको प्रहरीले जनाएको छ ।

यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत