प्रेरणा

जीवनमा कुनैपनि चिज राम्रो-नराम्रो हुन्न, हाम्रो सोचले यस्ताे बनाउने हाे

काठमाडौँ । प्रेरणाका कुरा सबैलाई आउँछ तर व्यवहारमा शुन्यता मानवीय विकार हो, कमैले मात्र गर्दछन् ।

विलियम शेक्सपियर संसारका नामूद नाटककार हुन् । उनको विचार आजपनि उत्तिकै सान्दर्भिक छ । त्यसमध्ये केहि उनका विचारहरु मनन गरौँ ।

सबैसँग प्रेमले रहनु पर्दछ । तर, भरोसा उनीहरुमा मात्र गर्नु पर्दछ जो सहि छन् । कसैलाई नोक्सानी पूगे, यस्तो काम कहिल्यै पनि नगर्नुहोस् ।

त्यो व्यक्ति खुसी र सुखी हुन्छ जो अर्काले भनेको कमजोरी हटाउन लागि पर्दछ ।

हामी यो जान्दछौँ कि हामी के हौँ, तर यो जान्दैनौँ कि हामी के बन्न सक्छौँ ।

जीवनमा केहिपनि नराम्रो हुँदैन । हाम्रो सोचले त्यसलाई राम्रो-नराम्रो बनाउने हो ।

हाम्रो भाग्य ग्रह र नक्षत्रले तय गर्ने होइन । हाम्रो कर्मले नै हाम्रो भाग्य बनाउने हो ।

गाउँ सहर डेस्क

तपाईँको मत