राजनीति

यी हुन राजीनामा दिने सात मन्त्री

काठमाडौं । संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमप्रति असहमति जनाउँदै प्रधानमन्त्री केपी ओली नेतृत्वको मन्त्रिपरिषद्का सात जना मन्त्रीले राजीनामा दिएका छन् ।  राजीनामा दिनेमा पूर्वमाओवादी निकट र पूर्वएमाले निकटका माधव नेपाल समूहका मन्त्रीहरु रहेका छन् ।

राजीनामा दिनेमा उर्जामन्त्री वर्षमान पुन, पर्यटनमन्त्री योगेश भट्टराई, खानेपानी मन्त्री विना मगर, श्रममन्त्री रामेश्वर राय यादव, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, कृषिमन्त्री घनश्याम भुषाल र वनमन्त्री शक्ति बहादुर बस्नेत रहेका छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत