प्रविधि

हलिउड चलचित्र “अनहिन्ज्ड” नेपाली टेलिभिजनमा हेर्न पाइने

काठमाडौँ । नेपालमै पहिलो पटक हलिउड तथा बलिउडको चलचित्र पेपर भ्यू मार्फत नेपाली टेलिभिजनमा हेर्न पाइने भएको छ । उक्त सुविधा डिशहोम सिनेमाघर ईन्टरनेशनलले सुरुवात गरेको हो । पौष ६ गते देखि हलिउड चलचित्र “अनहिन्ज्ड” रिलिज हुने डिशहोमले जनाएको छ ।

दर्शकहरुले यो चलचित्र पौष ६ गतेदेखी दैनिक ६ शोमा हेर्न पाउने भएका छन् । विहान ७ बजे, १० बजे, दिउँसो १ बजे र ४ बजे हेर्न सकिनेछ । त्यसैगरी, बेलुकी ७ बजे र १० बजे  हेर्न सकिनेछ ।

सिनेमाघर ईन्टरनेशनल च्यानल नंं ९९९ ले भाषा छनौट गरेर हेर्ने सुविधा पनि थप गरेको छ । अर्थात हलिवुड चलचित्र“अनहिन्ज्ड”हिन्दी वा अंग्रेजी कुन भाषामा हेर्ने छानेर हेर्न सकिने जनाइएको छ ।

दैनिक ६शो मा संचालन हुने सिनेमाघर इन्टरनेशनल यानल नं. ९९९ मा हलिवुड चलचित्र “अनहिन्ज्ड” हेर्न,आई.भि.आर नं. ९८०११९०९९० मा फोन गरेर दिएको साधारण निर्देशन अनुसार वा डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. ०१४२१७६६६ मा फोन गरेर, टोल फ्रि नं. १६ ६० ०१ २२००० मा फोन गरेर अथवा MOD999 आफ्नो CAS ID र हेर्न चाहेको चलचित्रको शो समय टाईप गरि साधारण एस एम एस पठाएर र नजिकैको डिशहोम विक्रेताकोमा सम्पर्क गरेर समेत न्युनतम शुल्कमा सिनेमाघर खुलाउन सकिने डिशहोमले बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत