अर्थतन्त्र

प्रि—ओपनिङ्गमा ३४ कम्पनीको कारोबार, आइतबार नेप्से १४ अंकले बढ्यो

काठमाडौँ । साताको पहिलो कारोबारको दिन आज आइतबार प्रि—ओपनिङ्गमै शेयर बजार परिसूचक मापक नेप्से बढेको छ । नेप्से १४. ०५ अंकले बढेर २ हजार ४६.५७ बिन्दुमा पुगेको हो ।

 नेप्सेको प्रि ओपनिङ्ग सेसनमा ३४ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये २३ कम्पनीको शेयरमूल्य बढेको छ भने ४ कम्पनीको शेयरमूल्य घटेको छ र ७ कम्पनीको मूल्य स्थीर छ ।

यस अवधिमा ३४ कम्पनीका १३ हजार ४४६ कित्ता शेयर १ करोड ६३ लाख ९३ हजार ३७९ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत