समाज

आगलागी हुँदा १४ वर्षीय बालकको ज्यान गयो

मोरङ । विराटनगरको एक घरमा आगलागी हुँदा १४ वर्षीय बालकको जलेर मृत्यु भएको छ । विराटनगर–१४ र १८ को बीचमा पर्ने झटियाईमा आज राती १२ बजे आगलागी हुँदा १४ वर्षीय बालक रविन दास तक्काको जलेर मृत्यु भएको हो ।

आगलागीमा परि ३२ वर्षीया इन्द्रदेवी तक्मा र ७ वर्षीय किसनकुमार दास तक्मा सामान्य घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाका अनुसार घुर ताप्न बालेको आगोबाट फुसका घर जलेर आगलागी भएको हो । त्यसै क्रममा एकजना बालकको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।  आगो दमकल र प्रहरीले बिहान नियन्त्रणमा लिइएको थियो । थप क्षति हुनबाट जोगिएको प्रहरी निरीक्षक थापाले बताए । 

बालकको मृत्यु भएका कारण आगलागीको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत