पूर्वाधार

जाडाेमा ओठ फुटेर हैरान हुनुहुन्छ ? यसाे गर्नुस्

काठमाडाैं । सधैँ झैँ यस वर्ष पनि जाडो मौसम सुरु भइसकेकाे छ । जाडाे समयमा हाम्रा हात, खुट्टा, गाला, ओठ बढी फुट्ने गर्छन् । जाडो समयमा हावा सुक्खा हुने र यसको स्पर्श छालामा पर्दा छाला पनि सुक्खा हुने गर्छ। अरु भन्दा ओठ शरीरको सानो भाग भएकोले पनि यो फुट्यो भने अलि धेरै समस्या पार्छ । ओठ फुटेपछि केही खाँदा पोल्ने, हाँस्दा दुख्ने र अनुहारको सौन्दर्य बिग्रने हुन्छ ।

जाडोमा किन फुट्छ ओठ ?

जाडोको समय वा सुख्खा धुलो चल्ने मौसममा सबभन्दा बढी ओठ फुट्छ । बढी चिसो हुँदा ओठमा रहेको तैलीय पदार्थ निकाल्ने ग्रन्थिहरूले कम तेल निकाल्छन् र फुटाइ सुरु हुन्छ ।

ओठ फुट्ने कारणहरू

मानव शरीरलाई दैनिक दुई देखि तीन लिटर पानीको आवश्यकता पर्दछ। प्यास नलागेसम्म पानी नपिउने बानीले यस्तो समस्या निमत्याउछ। त्यसैले थोरै समयको अन्तरालमा पानी पिइराख्नु पर्दछ।

कहिलेकाँही मदिराको धेरै सेवन गर्नाले पनि ओठ फुट्ने समस्या आउने हुन्छ। ओठ धेरै कोमल हुने हुन्छ। अल्कोहलले डिहाइड्रेसन गराउने हुदा ओठ फुट्ने हुन्छ।

केही मानिसको बानी घरी घरी जिब्रो ओठमा दल्ने बानी हुन्छ। थुकमा केही यस्ता एन्जाइम्स हुन्छन् जसले भोजन पचाउने काम गर्छ त्यस्तो थुक ओठमा लगाउँदा ओठमाथिको एन्जाइम्सका कारण सुक्न थाल्छ रओठ झन फुट्न थाल्छ। 

समाधानको उपाय के  ?

चिसो मौसममा बाहिर ननिस्केमा पनि ओठ फुट्नबाट बचिन्छ, तर यो सम्भव हुँदैन । त्यसैले बाहिर निस्कनुभन्दा अगाडि कुनै तैलीय पदार्थ ओठमा दल्ने र केही छिनपछि सूतीको कपडाले हल्का पुछेर निस्केमा केही कम हुन सक्छ ।

राती सुत्दा विशेष गरी ग्लिसिरिनमा कागती र गुलाबजल हालेर ओठ, गाला, हात र खुट्टामा दल्नाले फुट्ने प्रकृया कम हुन्छ । राती सुत्ने बेलामा घरमै पाइने घ्यु,मखन, दूधको तर आदि हलुका तरिकाले ओठमा दल्नाले फाइदा पुग्छ । शरीरमा पानीको मात्रामा कमी हुँदा ओठ, गाला, हात, खुट्टा फुट्न सक्छ । त्यसैले गर्मी र जाडो दुवै मौसममा पानीको पर्याप्त प्रयोग गर्नुपर्छ ।

ओठ फुट्ने धेरैजसो व्यक्तिहरू बारम्बार जिब्रोले ओठ चाट्छन् । यसो गर्दा केही सन्चो भएजस्तो लाग्छ तर थुक सुकेपछि पहिलेको भन्दा झन् सुख्खा हुन्छ । बारम्बार ओठ चाटिरहँदा ओठको छाला वरिपरि कालो हुनजान्छ । 

सुत्नुभन्दाअघि अनुहार सफा गरेर तैलीय पदार्थहरूको प्रयोग गर्नु ठीक हुन्छ । जस्तो–दूधको तर, तेल, तोरीको तेल वा तिलको तेल, ग्लिसिरिन आदिको प्रयोग गर्नु राम्रो हुन्छ । यो घरमै पाइने औषधी हो । 

गाउँ सहर डेस्क

तपाईँको मत