स्वास्थ्य

काेराेना संक्रमितमध्ये विश्वभर ५ कराेड ३७ लाख निकाे, १६ लाख ९१ हजारकाे मृत्यु, एक लाख बढि गम्भीर

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल २ कराेड ११ लाख ८१ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ५ करोड ३७ लाख ४६ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ७ करोड ६६ लाख १९ हजार नाघेको छ भने मृतकको संख्या १६ लाख ९१ हजार ७६७ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये १ लाख ६ हजार ५०७ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा १ कराेड ८० लाख ७७ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ३ लाख २३ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने २७ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म १ कराेड ५ लाख ४५ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ७२ लाख ८ हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म १ कराेड ३१ हजार ६५९ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ४५ हजार ५१३ जनाको ज्यान गइसकेको छ । जसमध्ये ९५ लाख ७९ हजार ६८१ जना निको भएका छन् । सक्रिय केस ३ लाख ६ हजार ४६५ मात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा ७२ लाख १३ हजार जना संक्रमितमध्ये ६२ लाख २२ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने १ लाख ८६ हजारभन्दा बढी छन् । हाल ८ लाख ४ हजार जनामा काेराेना भाइरस सक्रिय छ ।

नेपालमा भाइरस संक्रमित २ लाख ५३ हजार १८४ जना पुगेका छन् भने २ लाख ४२ हजार ५६७ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या १ हजार ७७७ पुगेको छ भने ८ हजार ८४० जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत